आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नेश्नल प्याबसन बाराद्धारा निबन्ध प्रतियोगीताको आयोजना

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २१, शनिबार (२ महिना अघि) १४४ पाठक संख्या

बाराको गंजभवानीपुर स्थित ज्योती पाराडाईस बोर्डिङ्ग स्कुलमा आयोजीत जील्ला स्तरीय निवन्ध लेखन प्रतियोगीतामा सम्पन्न भएको छ । नेश्नल प्याबसन जील्ला कार्यसमिति बाराद्धारा आयोजीत यस प्रतियोगीतामा जील्लाका मावि, नि.मावि र प्राथमिक तहका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

करिब २२ ओटा विद्यालयको सहभागीता रहेको यस प्रतियोगीतामा मावि तहको छात्र तार्फ न्यु एकता बोर्डिङ्ग स्कुल प्रथम, ज्योती पाराडाईस बोर्डिङ्ग स्कुल द्धितिय र अम्ब्रेला बोर्डिङ्ग स्कुल जीतपुर तृतीय स्थान ल्याउन सफल भएका छन् ।

 

यसैगरी माविको छात्रा तर्फ बाल एकता बोर्डिङ्ग स्कुल प्रथम, अम्ब्रेला बोर्डिङ्ग स्कुल जीतपुर द्धितिय र मैरिगोल्ड बोर्डिङ्ग स्कुल तृतीय स्थान ल्याउन सफल भएको छन् ।

 

यता नि.मावि तहको प्रतियोगीतामा डुमरवाना पब्लिक स्कुल रजघट्टाले प्रथम स्थान, पाथिभारा अंग्रेजी बोर्डिङ्ग स्कुलले द्धितिय स्थान र सुहानि अङग्रेजी बोर्डिङ्ग स्कुलले तृतीय स्थान ल्याउन सफल भएका छन् । भने छात्रा तर्फ ज्योती पाराडाईस स्कुलले प्रथम स्थान, डुमरवाना पब्लिक स्कुल रजघट्टाले द्धितिय स्थान र अम्ब्रेला अङग्रेजी बोर्डिङ्ग स्कुलले तृतीय स्थान ल्याउन सफल भएका छन् ।

 

यसैगरी प्रा.वि.तहको प्रतियोगितामा छात्र तर्फ डाईमन्ड अङ्ग्रेजी बोर्डिङ्ग स्कुलले प्रथम स्थान, अम्ब्रेला अङग्रेजी बोर्डिङ्ग स्कुलले तृतीय स्थान ल्याउन सफल भएका छन् ।

 

प्रतियोगीतामा सफल हुने छात्र छात्राहरुलाई नेश्नल प्याबसनका केन्द्रिय सचिव अलिमहमद अंसारी लगाएत अतिथीहरुले प्रथम, द्धितीय, तृतीय र सान्तोना पुरस्कार प्रदान गर्नुभएको थियो ।

नेश्नल प्याबसन नेपाल जील्ला कार्यसमिति बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब २२ ओटा विद्यालयका शिक्षक प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण जील्ला सदस्य अनिल तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस