आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात प्रयास

एपी खबर २०७९ जेष्ठ २६, बिहिबार (२ महिना अघि) ९७ पाठक संख्या

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित कार्यकक्षमै हातपातको प्रयास भएको छ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री श्रेष्ठलाई सोही पार्टीका सांसद रामबाबु यादवले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।

 

आज दिउँसो मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि उनी भौतिक हमलामा उत्रिएको बताइएको छ ।

 

त्यतिबेला जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यहिँ थिए । सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको स्वीकारे । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस