आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा पाँच आधुनिक परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ अषाढ २, बिहिबार (२ महिना अघि) १३३ पाठक संख्या

बाराको जीतपुरमा पाँच आधुनिक परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखाको आयोजनामा यो कार्यक्रमको सम्पन्न भएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत चेतकुमार पोखरेलले परिवारको योजना बनाउनका लागि यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रमको बारेमा जानकारी गराउदै यस पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थय अधिकृत रविकुमार भाषकरले बच्चा नजनमाउने तरिका अपनाउनुलाई मात्रै नभै बच्चा नपाउनेलाई पाउने बनाउने तरीकालाई पनि परिवार नियोजन भनिन्छ भन्ने कुरा जानकारी गराउनुभएको छ ।

 

उहाँले पालिका भित्र रहेका १८ ओटा स्वास्थय सेवा केन्द्रहरु मध्ये सिमरा प्राथमीक स्वाथ्य केन्द्र, जीतपुरसिमरा स्वास्थ्य चौकी र छातापिपरा गरी ३ स्थानबाट कण्डम, डिपो, खाने चक्की (पिल्स), आई.यू.सि.डी. र ईम्पालान्ट गरी ५ ओटा साधनहरु उपलब्ध गराउदै आएको जानकारी दिनुभयो ।

 

यसैगरी यस पालिकाका ९ वडाबाट कण्डम, डिपो, खाने चक्की (पिल्स) र ईम्पालान्ट गरी ४ ओटा साधनहरु र बाकीँ रहेका वडाका स्वास्थ्य केन्द्रहरुबाट कण्डम, डिपो र खाने चक्की (पिल्स) गरी ३ ओटा साधनहरु पाउने समेत जानकारी गराउनुभएको छ ।

 

यसैगरी कार्यक्रममा जनस्वास्थ्य प्रवद्धनका रंजीता साहले जीतपुरसिमरा उपमहानगरपािलकाको स्वास्थ्य सम्बन्धि संरचनाहरु र परिवार नियोजीन सम्बन्धि उपलब्ध सेवाहरुको जानकारी गराउनुभएको हो ।

 

१ लाख ३७ हजार ७ सय ३६ कुल जन्संख्या मध्ये ४१ हजार २७ जना प्रजन्न उमेरका महिलाहरु, ३५ हजार ६५ ओटा प्रजन्न उमेरका विवाहित महिलाहरु रहेको समेत साहले जानकारी दिनुभयो । खास गरी परिनियोजनका लागि महिलाहरुलाई परामर्श गराउने र सहि सल्लाह दिने गरीपनि यस कार्यक्रममा उपस्थित विभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई जानकारी गराइएको हो ।

 

सम्बन्धित वडाका महिला सदस्य र सबै केन्द्रका महिला स्वाथ्य कर्मीहरुको उपस्थिती रहेको यस कार्यक्रममा जीतन ठाकुरले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस