आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप

एपी खबर २०७९ अषाढ ९, बिहिबार (१ महिना अघि) ६३ पाठक संख्या

काठमाडौं– इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। बिहीबार साँझ नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि झडप भएको हो।

 

युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’लगायत नारा लगाएका थिए। झडपपछि यातायात सञ्चालनमा अवरोध भएको थियो।

 

प्रदर्शनकारीले सडक ठप्प पार्न थालेपछि झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस