आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

९० केजि गाजा सहित भारतिय कार पक्राउ

एपी खबर २०७९ अषाढ २३, बिहिबार (१ महिना अघि) १२३ पाठक संख्या

प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगहीवाट ९० किलो गाँजा बरामद गरेको छ ।

 

बगहीको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वडा नम्बर २८ बगही गेट नजिक ग्एठण् द्यप् ढढछछ नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनी लुकाइ छिपाइ राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको हो ।

 

९० किलो गाँजा र इन्डिगो मेन्जर कारमा सवार भारत यूपी।जि।मउ कमलसागर गोपालपुर निस्फी ३० वर्षिय रविकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नम्बर १० का २८ वर्षिय सुनिल भारतीलाई पक्राउ गरि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस