आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

इंग्ल्याण्डविरुद्धको टी २० सिरिज भारतको पोल्टामा

एपी खबर २०७९ अषाढ २६, आईतबार (१ महिना अघि) ५९ पाठक संख्या

काठमाडौँ-भारतले इंग्ल्याण्डविरुद्धको टी २० सिरिज १ खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

 

३ म्याचको टी २० श्रृंखलामा लगातार दुई खेल जित्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो ।

 

पहिलो खेलमा ५० रनको जीत दर्ता गरेको भारतले आज भएको दोस्रो खेलमा ४९ रनको जित निकाल्न सफल भयो ।

 

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको टिम १७ ओभरमा १२१ रन बनाउँदा अलआउट हुन पुग्यो ।

 

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा जसप्रित बुमराह र युजबेन्द्र चहलले दुई दुई विकेट हात पारे ।

 

इंग्ल्याण्डका लागि डेभिड वेलीले नटआउट ३३ रनको पारि खेल्दा मोइन अलिले ३५ रन बनाएका थिए ।

 

डेभिड मलानले १९ रन जोड्दा लियाम लिभिङस्टोनले १५ रनको पारि खेले ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएको थियो ।

 

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४६ रनको नटआउट पारि खेल्दा रोहित शर्माले ३१ रन जोडेका थिए ।

 

यसैगरी ऋषभ पन्तले २६ तथा सूर्यकुमार यादवले १५ रन बनाए । हार्दिक पाण्ड्या र दिनेश कार्तिकले १२–१२ रन जोड्दा हर्षल पटेलको ब्याटबाट १३ रन बन्यो ।

 

इंग्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट लिँदा रिचार्ड ग्लेसनले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस