आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

इङ्ल्यान्ड ११० रनमा अलआउट, भारत १० विकेटले विजयी

एपी खबर २०७९ अषाढ २९, बुधबार (१ महिना अघि) ६१ पाठक संख्या

लन्डन– भारतले इङ्ल्यान्डसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा पनि शानदार सुरुवात गरेको छ। पहिलो खेलमा सोमबार १० विकेटको जित हात पार्दै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

 

पहिला ब्याटिङ गरेको इङ्ल्यान्ड २५ ओभर २ बलमा एक सय १० रनमा अलआउट भएको थियो। घरेलु टोलीलाई सस्तोमा समेट्न भारतका जसप्रित बुमराह एक्लैले ६ विकेट लिए। बुमराहले ७ ओभर २ बलमा केवल १९ रनमात्र खर्चिएका थिए। शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेका बुमराहलाई मोहम्मद सामीले पनि गतिलो साथ दिए।

 

सामीले ७ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए। इङ्ल्यान्डका सुरुका ६ मध्ये चार जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। कप्तान तथा विकेटकिपर जोस बटलर एक्लैले ३० रन बनाए।

 

डेभिड विलीले २१ र मोइन अलीले १४ र ब्रेडन कार्सले १५ रन बनाए। भारतले १८ ओभर ४ बलमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो। भारतका रोहित शर्मा ७६ र शिखर धवन ३१ रनमा अविजित रहे।यसअघि भारतले इङ्ल्यान्डसँगको तीन खेलको टी-२० शृंखला २-१ ले जितिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस