आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

बाराको जीतपुरमा सुरक्षा ब्यवस्था कमजोर, ईलाका प्रहरी कार्यालय छेउबाटै मोटरसाईकल चोरी

एपी खबर २०७९ श्रावण १२, बिहिबार (१० महिना अघि) ४१९ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा पछिलो समय सुरक्षा सुनौती बढ्दै गएको छ । ब्यवसायीक नगरीको रुपमा स्थापीत यस जीतपुर बजारमा पछिलो समय मोटरसाईकल चोरको बिगबिगी भएको देखिएको छ ।

 

बुधवार प्रहरी कार्यालयको २ सय मिटर भित्रैबाट मोटर चोरले चोरी गरीरहेको पाइएपछि जीतपुरको सुरक्षा ब्यवस्था कमजोर भएको स्थानियहरुको भनाई छ । बाराको प्रसौनी बस्ने निपु गुप्ताको प्र २ –३–१९ प ५४९३ नम्बरको पल्सर २०० सिसि मोटर बाहिर राखेर ब्यपारीक प्रयोजनका लागि कार्यालय भित्र नपुग्दै चोरले मोटरसाईकल चोर्ने प्रयास गरेको हो ।

मोटरसाइकल चोरी गर्दै गरेको देखेर सवारी धनि गुप्ताले आफ्नो मोटर चोरी भैरहेको हल्ला गरेको र चोर बाईक छोडेर भाग्न खोज्दा स्थानियले चोरलाई समातेर प्रहरीको जीम्मा लगाएको हो ।

 

लगभग ईलाका प्रहरी कार्यालय छेउ र जीतपुरसिमरा उपमहानगरपालिका अगाडीबाट नै चोरले चोरी गर्ने प्रयास गर्नु यहाँको सुरक्षा ब्यवस्था कमजोर देखिएको स्थानियहरुको भनाई छ ।

 

ईलाका प्रहरी कार्यालय जीतपुरमा हाल प्रहरी नायब निरिक्षक अजय रामको प्रमुखको रुपमा कार्यरत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस