आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

कमल र मेलिनाको गुनगुनाउने बानि सार्वजनिक

एपी खबर २०७९ भाद्र २६, आईतबार (३ हप्ता अघि) ५२ पाठक संख्या

सिमरा– गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा गुनगुनाउने बानि सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक उक्त गित कमल खत्रीको आफ्नो युटुव च्यालन मार्फत विश्वभर रिलिज गरिएको हो ।

लव स्टोरी गित गुनगुनाउने बानिमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन् । गितको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने भिडियोलाई पवन सुस्लिङले छायाँकन एवं सम्पादन गरेका हुन् ।

गायक खत्रीकै शब्द, संगीत रहेको गीतमा बिजेश्वर राज तण्डुकारको संगीत संयोजन छ । यसअघि यी दुईले स्वर दिएको ‘फिक्का फिक्का’ गीत निकै हिट भएको थियो । त्यसपछि ‘के के हुन्छ’, ‘म गीत हुँ तिम्रो २’ लगायतका केही गीतहरूमा कमल र मेलिनाले सहकार्य गरिसकेका छन् । यी दुईको सहकार्यलाई स्रोता एवं दर्शकले रुचाउँदै पनि आएका छन् ।

प्रतिक्रिया दिनुहोस