आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

चलचित्र ‘प्रेमगीत-३’ हिन्दीमा पनि रिलिज हुने

एपी खबर २०७९ भाद्र २७, सोमबार (९ महिना अघि) २१५ पाठक संख्या

काठमाडाैँ- चलचित्र ‘प्रेमगीत-३’ हिन्दीमा पनि रिलिज हुने भएकाे छ। चलचित्र असाेज ७ गते नेपाली भाषामा रिलिज हुँदैछ। साेही दिन नै हिन्दीमा पनि रिलिज हुने भएकाे हाे।यसभन्दा पहिला चलचित्र हिन्दीमा रिलिज हुने कि नहुने भनी दुविधा थियाे।

नेपाली वितरकसँग हिन्दीमा पनि चलचित्र प्रदर्शन गर्नका लागि सहमति भइसकेकाे चलचित्र निर्माणस्राेतले जनाएकाे छ।चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारकाे अभिनय रहेकाे छ।चलचित्रकाे निर्देशक छेतेन गुरुङ र सन्तोष सेन हुन्।

प्रतिक्रिया दिनुहोस