आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

लागूऔषधसहित भक्तपुरबाट दुई जना पक्राउ

एपी खबर २०७९ भाद्र २८, मंगलबार (१ हप्ता अघि) ३४ पाठक संख्या

भक्तपुर । लागूऔषधसहित भक्तपुरबाट दुई जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका ६ महालक्ष्मीबाट दुई जनालाई लागूऔषधसहित सोमबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मकवानपुुर थाहा नगरपालिका ७ घर भई काठमाडौँ नैकापका १७ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

 

सवारी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०२(०२० प ४८०३ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको थियो । दुवै जनाको साथबाट १ किलो लागूऔषध पोल्याण्ड बरामद भएको जनाइएको छ । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस