आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

बारामा डेङो रोगका ९ जना संक्रमित भेटिए

एपी खबर २०७९ भाद्र २८, मंगलबार (२ महिना अघि) १४० पाठक संख्या

अङ्कित कुमार

बारा जिल्लामा डेङो रोगको संक्रमण ९ जानामा भेटेएको छ । सोमबार र मंगलबार गरि २८ जाना सङ्खासपद बिरामीको रगत चेकजाँच गर्दा ९ जानामा डेङ्गो रोगको संक्रमण पुष्ठि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिनुभएको छ ।

 

 

९ जाना संक्रमीत मध्ये सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा रहेको पाईएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ मा एक जाना वडा नम्बर ४ मा एक जाना वडा नम्बर ६ मा एक जना वडा नम्बर ११ मा एक जना वडा नम्बर १६ मा एक जना गरि ४ जाना संक्रमीत भेटिएको यादवले बताउनु भएको हो ।

 

 

त्यसतै सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ मा एक जना वडा नम्बर ७ मा एक जना कोल्हबी नगरपालिका वडा नम्बर ९ मा एक जना आदर्शकोतवाल गाउँपालिकाको वडा नम्बर ४ मा एक जाना गरि ९ जानामा संक्रमणको पुष्ठि भएको जनस्वास्थ्य प्रमुख यादवले जानकारी दिनुभएको छ ।

 

 

संक्रमण भेटिएको सबै बिरामीहरु अधिकान्स काठमाडौंबाट आएको ब्याक्तीहरु रहेको यादवको भनाई छ । यो रोगको संक्रमण ईजिसटि नामको लामखुट्टो टोकाइबाट फैलिने गरेको यादवले बताउनुभयो । यसको लक्षणहरु जोडले टाउको दुख्नु, उच्च जरो आउनु भुमीट हुने हुनु, छाति दुख्नु जस्ता रहेका छन ।

 

 

सुत्ने बेलामा नियमित रूपले झुल लगाएर सुत्ने, सबै शरिर ढाकने गरि कपडा लगाउने, घर वरिपरिको खालटोमा पानी नजमन दिने, घर वरिपरि सफा गरेर राखने जस्ता उपाए अपनाउन सके यस रोगबाट बच्न सकिने जनस्वास्थ प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस