आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

धनुषामा एक महिला मृत भेटियो

एपी खबर २०७९ भाद्र २८, मंगलबार (८ महिना अघि) १३३ पाठक संख्या

धनुषा । धनुषाको शहीदनगरमा एक महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । जिल्लाको शहीदनगर नगरपालिका ३ पुलचौकमा एक महिलाको शव भेटिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

 

प्रवक्ता रजौरेका अनुसार मंगलबार बिहान पुलचौकस्थित रहेको नहर नजिक अन्दाजी ३० वर्षीया बबिता देवी दास मृत अवस्थामा फेला परेका छन् ।

 

नहर नजिकै शव देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस