आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

एपी खबर २०७९ भाद्र २८, मंगलबार (२ महिना अघि) १६१ पाठक संख्या
गौर । ५८ औँ राष्ट्रिय बाल दिवस – २०७९ को उपलक्ष्यमा एस. आर. आर. मिडिया नेपाल प्रा. लि. द्वारा आयोजित हाम्रो आधार ः शिक्षा र स्वास्थ्यमा आमूल सुधार भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नं. ५ स्थित इन्टरनेशनल बाल एकेडमी (आइ. बि.ए.) ले जितेका छन ।May be an image of 6 people, people sitting, people standing and text that says 'ए औ राष्ट्रिय बाल दवस २०८ का उपदप हाम्रो आधार, शिक्षा { स्वास्थ्यमा आमुल सुधार" विषयक बक्तृत्वकला प्रतियोगित गौर राईस मिल हॉल मिति:- २०७९ भदी २८ गते मंगलवार मिडिया पार्टनर आयोजक प्रदेश अनलाईन आर. आर मिडिय radeshonlinene प्रा. लि Shot on OnePlus By sawan'
उक्त मिडिया कम्पनीका प्रवर्धक निर्देशक सावन यादवको अध्यक्षतामा सम्पन्न सो वक्तृत्वकला प्रतियोगिताको प्रमुख आतिथ्य गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका थिए । प्रतियोगिता कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्राकार महासँघ रौतहटका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल टिभीका वरिष्ट पत्राकार शैलेन्द्र गुप्ता , अतिथिका रुपमा ज्येष्ठ नागरिक समाजका अगुवा विजय झा, समाजसेवी ललन यादव , पत्राकार राकेश यादव तथा एस आर आर मिडियाका सम्पादक राजेश यादव गरेका थिए ।May be an image of 9 people, people sitting and people standing
गौर नगरपालिका भित्रका ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुका जम्मा १७ जना विद्यार्थीहरु प्रतिष्पर्धीका रुपमा सहभागि भएका थिए । प्रतियोगिताका निर्णाक मण्डलहरुमा श्री मा.वि. संग्रामपुरका प्रधानाध्यापक सिकिन्दर राय, श्री जयकिशन मा.वि. का शिक्षक राम सिंहासन यादव, श्री मा.वि. राजपुर तुलसीका शिक्षक सुरेन्द्र साह र श्री मा.वि. समनपुरका शिक्षक सुबोध साह रहेका थिए ।May be an image of 7 people, people standing and text that says 'पट औ राष्ट्रिय बाल दिवस २०७९ का उપलद્यળા हाम्रो आधार, शिक्षा { स्वास्थ्यमा आमुल सुधार" विषयक वक्तृत्वकला प्रतियोगिता स्थान:- गौर राईस मिल हॉल मिति:- २०७९ भदी २८ गत मंगलवार मिडिया पार्टनर आयोजक प्रदेश अनलाईन न्यषत आर. आर मिडिया pradeshonlinenews नेपाल प्रा. लि PO Shot on OnePlus By sawan'
कार्यक्रममा सहभागी प्रतिष्पर्धीहरुमा आइ.वि.ए.की जेसिका साह प्रथम , श्री माध्यमिक विद्यालय गौर –५ का अवनिश यादव दोस्रो तथा मित्र मेमोरियल स्कुलका आर्यन गुप्ता तेस्रो स्थान प्राप्त गरेका छन। कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुले आफ्नो कलाको प्रस्तुती समेत देखाएका थिए । सम्पूर्ण विजेताहरुलाई शिल्ड तथा पुरुष्कार नगरप्रमुख शम्भु साहले प्रदान गरेका थिए ।May be an image of 5 people, people standing, indoor and text that says 'मा विषयक ता 1Z Shot on OnePlus By sawan'
साथै सहभागी सबै विद्यार्थीहरुलाई नगरप्रमुख साह सान्तावना पुरष्कार समेत प्रदान गर्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढने र आगामि दिनहरुमा नगरपालिकाले समेत यस्ता कार्यक्रमको आयोजना गर्ने नगरप्रमुख साहले बताएका छन ।May be an image of 7 people and text that says 'राष्ट्रय बाल दिवस १०७८ को उपलक्ष्यमा हाम्रो आधार, शिक्षा स्वास्थ्यमा आमुल सुधार' विषयक वक्तृत्वकला प्रतियोगिता स्वान:- गौर ईंस मिल होल मिति:- २०७९ गते मंगलवार मिडिया पाटनर आयोजक पढेशा अनलाईन एस मिडिया deshonlnenews नवाल Shot on OnePlus By sawan'

प्रतिक्रिया दिनुहोस