आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

एपी खबर २०७९ भाद्र २८, मंगलबार (१ हप्ता अघि) ३७ पाठक संख्या

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ ।

 

दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।

 

याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे इतिहासमा पहिलो पटक हार बेहोरेको छ ।

 

समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस