आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

ट्विटरमा विराट कोहलीले बनाए रेकर्ड

AuthorAP Khabar२०७९ भाद्र २९, बुधबार (२ महिना अघि) ९१ पाठक संख्या

एजेन्सी– भारतीय क्रिकेटर विराट कोहलीको नाममा क्रिकेटमा निकै धेरै रेकर्डहरु नभएका होइनन् । अब उनले सामाजिक सन्जालमा पनि रेकर्ड बनाएका छन् ।

 

माइक्रो ब्लगिङ साइट ट्विटरमा विराटले सबैभन्दा धेरै फलोअर्स बनाएका छन् । ट्विटरमा उनका ५ करोड फलोअर्स पुगेका छन् । उनीभन्दा पछाडि छन्, अर्का भारतीय क्रिकेटर सचिन तेन्दुल्कर पनि । सचिनका ट्विटरमा झन्डै ४ करोड फलोअर्स छन् ।

 

तर, खेलाडीहरुमा उनी चौथो खेलाडी हुन् जसका ट्विटरमा पाँच करोडभन्दा धेरै फलोअर्स छन् ।पहिलो नम्बरमा छन्, क्रिस्टियानो रोनाल्डो । उनका १० करोड फलोअर्स ट्विटरमा छन् । अर्का फुटबलर नेमार त्यसपछि आउँछन् ।

प्रतिक्रिया दिनुहोस