आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा अझैं सहमति जुटाउन सकेन्न

एपी खबर २०७९ भाद्र २९, बुधबार (३ हप्ता अघि) ५१ पाठक संख्या

काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट अझै टुंग्याउन सकेको छैन ।मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि यसमा कुनै सहमति निकाल्न सकेन ।

 

यतिका दिनसम्म एउटै विषयमा बारम्बार बैठक बसिरहे पनि दलहरुले आआफ्नै अडान दोहोर्याउँदा यो सहमति जुट्न नसकेको हो । अहिलेसम्म प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा प्रारम्भिक सहमति जुटेको नेपाली कांग्रेसका एक नेता बताउँछन् ।

 

उनका अनुसार पछिल्लो समय यी सयमध्ये कांग्रेसले ६५ सिटमा टिकट पाउने सम्भावना बढेको छ । त्यस्तै, माओवादीले २०, नेकपा एकीकृत समाजवादीले ७, जनता समाजवादी पार्टीले ७ सिटमा टिकट पाउने प्रारम्भिक सहमति भएको छ ।बाँकी ६५ सिटमा दुईभन्दा बढी दलले दाबी गरेकाले यसमा सहमति जुट्न नसकेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस