आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

झापाो छुट्टाछुटै स्थानबाट लागूऔषधसहित तीन जना पक्रा

एपी खबर २०७९ भाद्र २९, बुधबार (१ साल अघि) ३१९ पाठक संख्या

झापा । झापाो छुट्टाछुटै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

 

जिल्लाको भद्रपुर र बिर्तामोडबाट लागूऔषधसहित तीज जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । भद्रपुर ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका ८ बस्ने २५ वर्षीय अजय राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा ट्याम्पोभित्र लुकाईछिपाई राखिएको अवस्थामा १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ट्याम्पोसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाएको छ ।

 

यस्तै, लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६ का २८ वर्षीय मोहन राजवंशीलाई हिरासतमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले राजवंशीको कोठाबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस