आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा एक जनाको शव फेला

एपी खबर २०७९ भाद्र २९, बुधबार (१ हप्ता अघि) ३२ पाठक संख्या

सप्तरी । सप्तरीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

 

जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ मा रामपुर मल्हनिया जाने बाटोमा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । घोप्टो लगाएको अवस्थामा शव देखेपछि स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

 

 

शव फेला परेको खबर पाएलग्त्तै घटनास्थलमा प्रहरीको टोली पुगेर शव पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस