आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

पर्साबाट लागुऔषध सहित तीन जना पक्राउ

एपी खबर २०७९ भाद्र ३०, बिहिबार (२ महिना अघि) ८५ पाठक संख्या

पर्सा । लागूऔषधसहित दुई जना भारतीय नागरिकसहित तीन जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार मोतीहारी पूर्वी चम्पारण थाना रक्सौलका १९ वर्षीय कृष्ण पासवान, १९ वर्षीय आशीष पासवान र वीरगन्ज ११ का ३७ वर्षीय पारस महतो रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रहरीका अनुसार बुधबार बेलुका ७:३० बजेतिर पर्साको वीरगन्ज महानगरपालिका १७ अलौबाट तीनैजनालाई हिरासतमा लिएको थियो । सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको बिआर ०५ एबि ५३१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो ।

 

उनीहरुले बोकेको झोलाबाट डाईजेपाम २ सय ५० एम्पुल, नुर्फिन २ सय ५० एम्पुल, फेनारगन २ सय ५० एम्पुल गरी ७ सय ५० एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस