आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

काभ्रेमा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक घाइते

एपी खबर २०७९ भाद्र ३०, बिहिबार (१ साल अघि) ३२० पाठक संख्या

काभ्रे । काभ्रेपलाञ्चोकमा परेको पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

 

जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा गए राति पहिरो परेको परिहोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

पहिरोमा पुरिएर ४४ वर्षीय नीरबहादुर तामाङ र उनकी बहिनी ४३ वर्षीया सावीत्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै, मृतककी आमा लादुलुङको बानेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस