आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ७३ पाठक संख्या

काठमाडौं-  धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। ब्लड प्रेसर पनि  घटेर ९०/६० पुगेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

डा केसीको शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ।

धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस