आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

चोलेन्द्रको १७४ पेज लामो बयान, हस्ताक्षर गराउन ७ घण्टा लाग्ने !

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ३८ पाठक संख्या

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराउन शुरु गरेको छ । १७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरु गरिएको हो ।

समितिका एक सदस्यकाअनुसार  हस्ताक्षर गराउन ७ घण्टाभन्दा बढी समय लाग्नेछ । नेकपा एमालेको माग अनुसार पूरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ । जबरालाई पूरक प्रश्न सोध्ने तयारी हुँदैगर्दा एमाले सांसदहरूले रोकेका थिए ।

 

सुरुमा विगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरूको माग थियो । सोहीअनुसार प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले विगतको बयानमा जबरालाई हस्ताक्षर गराउन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस