आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

आमाको हत्या आरोपमा धनुषाबाट एक जना पक्राउ

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (१ साल अघि) २०९ पाठक संख्या

धनुषा । आमाको हत्या आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन् । जिल्लाको सबैला नगरपालिका वडा नम्बर ५ मअनाहाका २१ वर्षीय मनोज खत्वेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या आरोपमा शुक्रबार बिहान उनकै छोरालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार घरायसी विवादका कारण भएको झगडाको क्रममा मनोजले आफ्नै आमाको टाउकोमा प्रहार गरेका थिए । छोराले गरको लठ्ठी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 

पक्राउ परेको मनोजमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस