आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (१ हप्ता अघि) ३३ पाठक संख्या

बारा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, यो अवधिमा २ हजार ७५ जनाको एन्टिजने विधिबाट परीक्षण गर्दा ५० जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९ सय ९ पुगेको छ ।

 

यसैबीच, विगत २४ घण्टामा थप १ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ६२ जना उपचाररत कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस