आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

आजदेखि नि:शुल्क इ-सिम वितरण गर्दै नेपाल टेलिकम

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ९५ पाठक संख्या

बारा । नेपाल टेलिकमले नि:शुल्क इ-सिम आजबाट वितरण गर्ने भएको छ ।

 

इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ ।

 

 

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई नि:शुल्क इ-सिम वितरण गर्न लागेको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्ने छ ।

 

 

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ ।त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

 

हालका सबै प्रयोगकर्ताले समेत इ-सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले इ-सिम लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस