आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उमनपाले नगरेपछि जीतपुरका वडा अध्यक्ष गुप्ताले निजी सवारी प्रयोग गरेर जीतपुरको फोहर ब्यवस्थापन गर्दै

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) २०७ पाठक संख्या

जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ताले निजी ट्याक्टरको प्रयोग गरेर जीतपुरको फोहर ब्यवस्थापन गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरुले गरेको आन्दोलनको निहुमा चालकले जीतपुर बजारको फोहर फाल्न नामनेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले आफ्नो निजी गाडी प्रयोग गरेर शुक्रवार फोहर ब्यवस्थापन गर्नुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरको गाडी चलाउन कुनै संकोच नमान्ने जीतपुरसिमराका चालकलाई जीतपुर बजारको फोहर ब्यवस्थापनको गाडी चलाउन आन्दोलनले रोक लगाइएको वडा अध्यक्ष सुनिल गुप्ताले बताउनुभयो ।

 

आफ्नो टेलरमा फोहर संकलन गराएर नगरपालिका अगाडी पठाउदा समेत त्यो फोहर फाल्न गाडी नपठाइएको उल्टै फोहर नगरपालिका अगाडी राख्ने गाडीलाई नियन्त्रणमा लिन मेयरले प्रहरीलाई आदेश दिएको वडा अध्यक्ष गुप्ताले बताउनुभएको छ ।

 

राष्ट्रिय तथा अन्तरािष्ट्रय नियम अनुसार एम्बुलेन्स, आग्नी नियन्त्रक, फोहर संकलन गर्ने सवारी कहिलै नरोकिने चलन रहेपनि त्यो गराउन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर असफल भएको वडा अध्यक्ष गुप्ताको आरोप छ ।

 

उहाँले पालिकाले फोहर नउठाएका कारण जीतपुर बजार दुर्गन्धित भएको आफु हेर्न नसक्ने र सरसफाई गराउने आफ्नो कर्तब्य समेत भएको कारणले निजी गाडी लगाएर जीतपुरको फोहर शुक्रवार उठाउन लगाएको बताउनुभयोे ।

 

बुधवार र बिहिवारको फोहरले बजारलाई नै दुर्गगन्धित बनाउन लागेको थियो, यस क्षेत्रकै प्रसिद्ध ब्यपारीक नगरीको रुपमा परिचित जीतपुर फोहर र दुर्गन्धित भए यहाँको ब्यवसायीलाई समेत असर पर्ने स्थानिय ब्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस