आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

प्राथमिक स्वाथ्य केन्द्र सिमराद्धारा डेंगु ज्वरो सम्बन्धि सचेतना ¥यालीको आयोजना

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (१ हप्ता अघि) ४३ पाठक संख्या

प्राथमिक स्वाथ्य केन्द्र सिमराले बाराको सिमरामा डेंगु ज्वरो सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार बिहान सिमरा स्वास्थय केन्द्रले डेंगु ज्वरो बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस कार्यक्रमको आयोजना गरेको हो ।

 

यस कार्यक्रम अन्तरगत प्राथमिक स्वाथ्य केन्द्र सिमराको कार्यालयबाट निकालिएको ¥याली सिमरा बजार परिक्रमा गरेर पुनः प्राथमिक स्वाथ्य केन्द्र सिमरामै आएर सकिएको थियो ।

 

प्राथमिक स्वाथ्य केन्द्र सिमराका अशोक जैसवालको नेतृत्वमा निकालिएको यस कार्यक्रममा ईलाका प्रहरी सिमरा, अस्थाई प्रहरी पोष्ट सिमरा र श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालय सिमराका विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस