आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

देवाही गोनाही नगरपालिकामा आधारभुत स्वास्थ केन्द्रको नव निर्मित भवनको उदघाटन

अखिलेश यादव, रौतहट २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ४२ पाठक संख्या
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा आधारभुत स्वास्थ केन्द्रको नव निर्मित भवन उदघाटन गरिएको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र उपमेयर परनिया देवि पटेलले सन्युक्त रुपमा  वडा नम्बर ५ टिकुलियामा रहेको नव निर्मित आधारभुत स्वास्थ केन्द्र भवनलाई शुक्रबार एक कार्यक्रमका बिच उदघाटनन गर्नु भएको हो ।

वडा नं.५ टिकुलियाका वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा देवाही गोनाही नगरपालिकाकी नगर उपप्रमुख परनिया देवी पटेल रहनु भएको थियो ।                                                                                                        उदघाटन कार्यक्रममा स्वास्थ केन्द्रका प्रमुख सुरेन्द्र कुमार साह, प्रधानाध्यापक उमेश यादव, बिनोद साह र पुर्व वडा अध्यक्ष अत्यानन्द प्रसाद उपध्याय सहित करिब सैयोको संख्यामा स्थानियको उपस्थितीमा उदघाट्न कार्यक्रम संम्पन भएको स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस