आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमाथि ऐतिहासिक जित, नेपाली महिला टोली फाइनलमा प्रवेश

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ४० पाठक संख्या
नेपालको जितमा रश्मी कुमारी घिसिङले गरेकि एक मात्र गोल निर्णायक रहन गयो । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।

महिला फुटबलको इतिहासमा भारतमाथि नेपालले जित हात पारेको यो पहिलो अवसर हो । महिला साफ च्याम्पियनसिप प्रतियोगिताको पाँच पटकको विजेता भारत सेमीफाइनलमा हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

फाइनलमा उपाधिका लागि नेपालले सोमबार बंगलादेशको सामना गर्दैछ । नेपाल फाइनलमा पाँचौं पटक पुग्दा यसअघिका चार वटै फाइनलमा भारतसँग हार बेहोरेको थियो । सेमीफाइनलबाटै बाहिरिने जोखिमका बीच नेपाली महिला टोलिलाई भारतमाथि ऐतिहासिक जित हात पार्न घरेलु प्रशंसकको उपस्थिति महत्वपूर्ण रह्यो । यसअघि नेपालले फाइनलमा चार पटक भारतसँग नै हार बेहोरेको थियो ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराएको नेपालले सेमिफाइनल खेलमा भारत विरुद्धको भेट तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस