आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

एपी खबर २०७९ आश्विन २, आईतबार (१ साल अघि) १५८ पाठक संख्या

धनुषा । मोटरसाइकल दुर्घटनामा परेर धनुषामा एक जनाको मृत्यु भएको छ । जिल्लाको छिरेश्वरनाथ नगरपालिका १ रमदैयामा शनिबार गएराति करिब ९:४५ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा परेर एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए ।

 

घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको पहिचान हुन नसकेको र घटनाबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस