आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

गौरमा बाँसको झाँगाभित्र एक पुरुषको शव फेला

एपी खबर २०७९ आश्विन २, आईतबार (२ हप्ता अघि) ४४ पाठक संख्या

रौतहट । रौतहटको गौरमा एक जनाले पासो लगाई आत्महत्या गरेका छन् । जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर १ मा एक जना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

रामजानकी धर्मशाला भन्दा करिब २५० मिटर पूर्वतिर रहेको बाँसवारीमा स्थानीय ५५ वर्षीय गोदन भन्ने (सोभन पासवान)ले पासो लगाई आत्महत्या गरेका हुन् । आज बिहान खेततिर जाने बेलामा बाँसको झाँगा भित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

शव भेटिएको खबर पाएलग्त्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगि हाल शवलाई बाँसको झाँगाबाट निकाल्ने कार्य गरिरहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस