आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहट प्रहरीले फरार रहेको प्रतिवादीलाई धमाधाम पक्राउ गर्दै

अखिलेश यादव, रौतहट २०७९ आश्विन २, आईतबार (६ दिन अघि) ३१ पाठक संख्या

राैतहट – जिल्ला प्रहरी कार्यालय राैतहटले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।डाँका चाेरी मुद्दा वारदातपछि फरार भएका प्रतिवादीलाई राैतहट प्रहरीले पक्राउ गरेकाे छ ‌।

दिवाकर कुमार प्रसाद केशरीले दिएको जाहेरीको आधारमा प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नं.८ बस्ने श्याम कुमार महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता (डिएसपी) सुनिल मल्लले जानकारी दिएका छन्।

 

फरार रहेका प्रतिवादी श्याम आफ्नो घर ठेगानामा लुकी छिपी वसेको अवस्थामा प्रहरीले उनलाई फेला पारेकाे छ । उनलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिईएको प्रहरीले जनाएको छ ‌।

प्रतिक्रिया दिनुहोस