आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

एपी खबर २०७९ आश्विन २, आईतबार (८ महिना अघि) २२१ पाठक संख्या

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ८२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यस अवधिमा एक सय ६१ जना काेराेना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिले एक हजार आठ सय ३० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

गएकाे २४ घण्टामा काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका व्यक्तिकाे विवरण प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस