आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

यू–२० एसियन कप छनोट : बंगलादेशसँग नेपाल पराजित

एपी खबर २०७९ आश्विन ३, सोमबार (१ साल अघि) २७१ पाठक संख्या

काठमाडौं – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । यो पराजयसँग नेपाल प्रतियोगितमा जितविहीन बनेको छ ।

 

बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे ।शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल नौ र बंगलादेश दश खेलाडीमा समेटिएको थियो।

 

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटियो ।

 

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए ।त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३– ० को जित दिलाए ।

 

समूह चरणमा नेपालको यो चौंथो हार हो । यस हारसँगै समूह बी मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस