आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

करेन्ट लागेर बर्दियामा दुई जनाको मृत्यु

एपी खबर २०७९ आश्विन ३, सोमबार (१ साल अघि) २५३ पाठक संख्या

बर्दिया । करेन्ट लागेर बर्दियामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नम्बर ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

फलामको ढोकाबाट प्रवाह भई धोवीलाई करेन्ट लागेको थियो ।त्यस्तै, मन्दिर निर्माण गर्ने क्रममा थारुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

 

करेन्ट लागेर दुबै जनाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याएपनि उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस