आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान दिवसको अवसरमा जीतपुरमा दिपावली

एपी खबर २०७९ आश्विन ४, मंगलबार (२ हप्ता अघि) ८१ पाठक संख्या

नेकपा एमाले जीतपुरले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । संविधान दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेकपा एमाले वडा कमिटिले दि प्रज्वलन गरेको हो ।

 

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधी सभाका उमेदवार देवनारायण चौधरीले संविधान दिवसको सबैलाई शुभकामना दिनुभएको थियो । उहाँले संविधानले दिएको अधिकार सुनिश्चितताका लागि नेकपा एमाले सदैव अगाडी रहेको विश्वास दिलाउनुभयो ।

 

चौधरीले आफुलाई सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको प्रति सबै पार्टिपंगतीलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका एमालेका प्रदेश सदस्य चौधरीले बाराको ४ ओटै निर्वाचन क्षेत्रमा एमालेको जीत निश्चित भएको बताउनुभयो ।

 

यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले संविधान दिवसको शुभकामना दिनुभयो । साथै उहाँले जनताले आफुलाई दिएको मतको कदर गर्ने र जीतपुर बासिको मन जीतने काम गरेर देखाउनु प्रतीबद्धता जाहेर गर्नुभयो ।

नेकपा एमाले जीतपुरसिमरा ७ जीतपुरका वडा अध्यक्ष सिता उप्रतीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा ७ का वडा सदस्य नबिन मैनाली, ललिता देबि, समाजसेवि अनिल गुप्ता, आयुब खान लगाएत जीतपुरबासिको उपस्थिती रहेको थियो । भने वडा सदस्य नुरुल्लाह अंसारीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस