आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा चट्याङ लागेर एकको मृत्यु, ४ जना घाइते

एपी खबर २०७९ आश्विन ४, मंगलबार (२ हप्ता अघि) २७ पाठक संख्या

सर्लाही । चट्याङ लागेर सर्लाहीको ईशवरपुर नगरपालिका १२ गुईडुङमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । चट्याङ लागेर २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि ल्याएपनि चिकित्सकले घलानलाई मृत घोषणा गरेका थिए ।

 

यस्तै, चट्याङ लागेर घाइते भएका सोही स्थानका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घालान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस