आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिए

एपी खबर २०७९ आश्विन ४, मंगलबार (२ हप्ता अघि) ३७ पाठक संख्या

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

बितेको २४ घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस