आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

गौर नगरपालिका द्वारा पत्रकार रबिन्द्र मण्डललाई उपचारको लागि आर्थिक सहयोग

अखिलेश कुमार यादव २०७९ आश्विन ४, मंगलबार (१ साल अघि) ३१२ पाठक संख्या

 रौतहट । गौर नगरपालिकाले पत्रकार रबिन्द्र मण्डललाई उपचारको लागि आर्थिक सहयोग गरेकाे छ ।  माँ कल्याणी बसबाट ठक्कर लागि जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार मण्डललाई उपचारको लागि नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहट मार्फत ५१ हजार नगद हस्तान्तरण गरेको हाे ।

पैसाको अभावमा बिरगंजबाट रेफर गरिएको पत्रकार मण्डललाई  अहिले प्रादेशिक अस्पताल गौरमा राखेर उपचार भईरहेको र थप्प उपचारको लागि पैसाको अभाव भएको बेला रौतहटमा पत्रकार मन्दल बचाउ अभियान नै संचालन गरेर रकम संकलन भईरहेको बेला गौर नगरपालिकाले ५१ हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख शम्भु साहले बताएका छन।

सो रकम गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आफू प्रादेशिक अस्पताल गौरमा पुगेर हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरणको बेला नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस