आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

समाजसेवी राकेश गिरि द्वारा पत्रकार मण्डलको उपचारको लागि २५ हजार सहयोग

अखिलेश यादव, रौतहट २०७९ आश्विन ४, मंगलबार (२ हप्ता अघि) ८९ पाठक संख्या

रौतहट । माँ कल्याणी बसबाट ठक्कर लागि जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार मण्डललाई उपचारको लागि रौतहटको कटहरिया नगरपालिका निवासि युवा समाजसेवी राकेश राज गिरिले २५ हजार सहयोग गरेका छन।

पैसाको अभावमा बिरगंजबाट रेफर गरिएको पत्रकार मण्डललाई अहिले प्रादेशिक अस्पताल गौरमा राखेर उपचार भईरहेको र थप्प उपचारको लागि पैसाको अभाव भएको बेला रौतहटमा पत्रकार मण्डल बचाउ अभियान नै संचालन गरेर रकम संकलन भईरहेको बेला युवा समाजसेवी राकेश राज गिरिले युवा पत्रकार अखिलेश यादवको पहलमा २५ हजार सहयोग गरेका छन।

आउदो दिनमा आफुले पत्रकार मण्डललाई थप्प सहयोग गर्ने समेत वहाँले बताउनु भयो।पैसा ठूलो न भएर कसैको जीवन बचाउनु ठूलो धर्म रहेको समेत वहाँले बताउनु भयो।

अहिले पनि पत्रकार मन्डललाई बचाउनको लागि सहयोगको क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस