आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

कम्बोडियामा चिनियाँ नागरिक बोकेको डुङ्गा डुब्दा एक महिलाको मृत्यु, २० जना बेपत्ता

एपी खबर २०७९ आश्विन ७, शुक्रबार (१ हप्ता अघि) ३३ पाठक संख्या

एजेन्सी – कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा कम्बोडियाको सिंहानुकभिलमा दुर्घटनामा परेको बताइएको छ । घटनामा अरु २० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

 

दुर्घटनापछि १९ जनाको उद्धार गरिएको र एक जना महिलाको शव फेला परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल केही व्यक्तिहरुले आफूहरु गत सेप्टेम्बर ११ मा चीनको गुआङ्डोङ प्रान्तबाट हिँडेको प्रतिक्रिया दिएको प्रान्तीय प्रहरी प्रमुख चुओन नारिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

 

कुनै समय माछा मार्ने सानो गाउँको रुपमा रहेको सिंहानुकभिलमा चिनियाँ लगानीमा पूर्वाधार एवम् अन्य संरचना निर्माण भइरहेको बताइन्छ । यसबाहेक सो क्षेत्रमा चिनियाँ लगानीमा दर्जनौँ जुवाघरहरु समेत सञ्चालनमा रहेको एएफपीले जनाएको छ ।सो क्षेत्रमा काम गर्नका लागि अवैधानिक रुपमा चिनियाँ नागरिकहरु आउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस