आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन ८, शनिबार (२ महिना अघि) ११५ पाठक संख्या

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा शनिवार यस संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 

 

साधारण सभाको उद्घाटन कार्यक्रममा निर्वमान प्रदेश सभा सदस्य सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय संचालक हरेराम पटेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २१ का सुवास श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो ।

 

 

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका जेष्ठ सदस्य १०१ वर्षीय नोककृष्ण मुल्मीले गरेका थिए । कार्यक्रममा सहजीकरण सचिव दीपक भट्टले गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष संजय साहले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस