आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

एपी खबर २०७९ आश्विन १२, बुधबार (२ महिना अघि) ९७ पाठक संख्या

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस