आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतको पोल्टामा

एपी खबर २०७९ आश्विन १७, सोमबार (१ महिना अघि) १३३ पाठक संख्या

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो ।

 

गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले ।

 

भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । विराट कोहली ४९ रनमा अविजित रहे ।

 

दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस