आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

चुरियामाई मन्दिरनजिक रात्रीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु

एपी खबर २०७९ आश्विन १७, सोमबार (१ साल अघि) ३२३ पाठक संख्या

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमबर १५ चुरियामाई मन्दिरनजिक रात्रीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ३६ जना घाइते भएका छन्।

 

 

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रीबस राति १२ः३० मा आफैँ अनियन्त्रित भई नालिमा खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

 

मृत्यु हुेनमा झापाको दमक–५ मोडेल क्याम्पसनजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका ८ की अन्दाजी ५१ वर्षीय कल्पना राजबंसी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

 

मृतक मध्ये दर्जीको हेटौंडा अस्पताल र राजबंसीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।बसमा सवार अन्य ३६ जना घाइते भएका छन्। घाइतेमध्ये थप उपचारका लागि दुईजनालाई काठमाडौं र तीनजनालाई भरतपुर रेफर गरिएको छ।

 

 

यस्तै थप एकजनाको हेटौंडाको संचो अस्पतालमा उपचार भइरहेको छ भने ३८ जना उपचारपछि डिस्चार्ज भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस