आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि २० हजार पर्यवेक्षक परिचालित हुने

एपी खबर २०७९ आश्विन १७, सोमबार (१ साल अघि) २६३ पाठक संख्या

काठमाण्डौ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि स्वदेशी र विदेशी गरी झण्डै २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।आयोगले पर्यवेक्षणका लागि गरेको आह्वान अनुसार आवेदन दिइ स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका तथ्याँक अनुमान गर्दा झण्डै २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । विदेशीतर्फ अहिलेसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।

 

 

उहाँले केही पर्यवेक्षक संस्थाहरुलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभइ दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो ।आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस