आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

अँगालो हाल्दा कम हुन्छ तनाव, पुरुषभन्दा महिलामा बढी प्रभाव

एपी खबर २०७९ आश्विन १९, बुधबार (१ महिना अघि) ११२ पाठक संख्या

एजेन्सी- अप्ठ्यारो अवस्थामा कसैले अँगालो हाल्यो भने तनाव कम महसुस हुने अनुसन्धानबाट देखिएको छ । अझ महिलाको सन्दर्भमा अँगाले हाल्नु बढी प्रभावकारी हुन्छ । ७६ जनामा गरिएको अनुसन्धानमा यो कुरा बाहिर आएको छ कि जब कसैले कुनै महिलालाई अँगालो हाल्छ भने त्यो व्यक्तिमा ‘कोर्टिसोल’ नामक तनाव गराउने हर्मोनको उत्पादन कम हुन्छ ।

स्मरणशक्तिको लागि तनाव कम गर्नु महत्वपूर्ण

अनुसन्धानअनुसार, नकारात्मक घटनापछि कसैलाई अँगालो हाल्दा मानिसलाई राम्रो महसुस हुन्छ । यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकहरूका अनुसार ‘कोर्टिसोल’ले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ । जब एक व्यक्तिले मायाले अँगालो हाल्छ, ‘अक्सिटोसिन’ नामक हर्मोन उत्पादन हुन्छ । यसले ‘कोर्टिसोल’को प्रभावलाई कम गर्छ ।

 

यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । वैज्ञानिकहरू पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई आवश्यक छ वा छैन भनेर भने बुझ्नु पर्दछ । किनकि अगाडिको व्यक्तिको अवस्थाले मात्र अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ । यस अध्ययनको नतिजा नेचर जर्नलमा प्रकाशित भएको छ ।

किन पुरुषको अंगालोले कोर्टिसोल कम गर्दैन ?

 

अनुसन्धानअनुसार, धेरै पुरुषहरूले अँगालो हाल्नु राम्रो महसुस गर्दैन किनभने यसलाई सामाजिक रूपमा अप्ठ्यारो मानिन्छ । अर्कोतर्फ यसको सामाजिक कारण पनि हुनसक्छ । उनीहरूले आफूलाई सार्वजनिक स्थानमा अँगालो हाल्दा असहज महसुस गर्ने गरेकाले पनि यस्तो हुनसक्ने अनुसन्धानकर्ताहरूको आकलन छ ।

प्रतिक्रिया दिनुहोस