आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

सगरमाथा महिला साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २९, शनिबार (१ महिना अघि) १६२ पाठक संख्या

सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सहकारीले बकुलिया क्याम्पसको सभा हलमा आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले सहकारीको माध्यमले नगरबासिलाई आर्थीक सम्पन्न बनाउने सहज हुने बतायनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारीले सहकारीलाई सबैको पहुचमा ल्याउन राज्यले एक समय सहकारी संचालनमा ल्याउने अभियान नै संचालन गरेपनि अब सहकारीलाई संख्यात्मक नभै गुणातमक विकास गर्ने कार्य दिसा बनाएर अगाडी बढेको बताउनुभयो ।

 

यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीले सहकारीले आफ्नो सदस्यहरुको आर्थीक विकासका लागि शिस सिकाउने योजनाका साथ अगाडी बढनुपर्ने बताउनुभयो । उहाँले आफु प्रदेश सभाको उमेदवार भएकोले सबैको सहकार्य र माया आफ्नो साथमा रहेको जानकारी समेत गराउनुभएको थियो ।

 

सहकारीका अध्यक्ष सिता उप्रेतीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, कार्यपालिका सदस्य बुद्ध कुमारी, वडा नम्बर ७ का वडा सदस्य नुरुल्लाह अंसारी, नबिन मौनाली, जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरी, समाजीक विकास शाखाका हरिकिशोर साह लगाएतका सदस्यहरुको उलेख्य मात्रामा सहभागिता रहेको थियो । भने कार्यक्रममा देवि सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

 

सहकारीले आफ्नो १४ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मानि गरेको छ । साथै सहकारीमा उत्कृष्ट हुनेहरुलाई समेत सम्मानित गरेको हो ।

यसैगरी यसै वर्षदेखि यस सहकारीले सहकारी पत्रकारीता सम्मान कार्यक्रमको शुरुवात गरेको छ । यस सहकारीले आफ्नो सहकारीलाई समाचारको माध्यमबाट सहयोग पु¥याउने पत्रकार अनिल तिवारीलाई सम्मानित गरेको छ ।

 

विगत लामो समयदेखि पत्रकारिता सेवाबाट विभिन्न समाचार, घटना र गतिविधिहरुलाई प्रकाशन र प्रशारण मार्फत समाजमा विषेश पहिचान सहित योगदान गरेको भन्दै पत्रकार तिवारीलाई यस सहकारीले सम्मान पत्र सहित सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस