आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

कलैया उपमहानगरपालिका स्थित वडा नम्बर १९ मा नेकपा एमालेको घरदैलो

एपी खबर २०७९ कार्तिक १७, बिहिबार (१ साल अघि) ४०४ पाठक संख्या

धिरेन्द्र तिवारी र कलैया

बाराको कलैया उपमहानगरपालिका स्थित वडा नम्बर १९ मा नेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ । वडा नम्बर १९ को पैचानपुर ईनरबारि ईनार्वा लगाएका टोल लमा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पदका उमेदवार तथा निबर्तामान मदेश प्रदेश सदस्य महम्द समिरले जनताहरु समक्ष नेकपा एमाले पार्टीको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

त्यसतै निर्बातमान सदस्य महम्द समिरले बिगतका दिन देखिनै आफ्नोे क्षेत्रको जनताहरुको दुख सुखमा सहयोग गर्दै आएको हुनाले क्षेत्र नम्बर ३ ख का जनताहरुले यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले पार्टीको चुनाव चिन्ह सुर्य छापमा मतदान गरि बिजय गराउन क्षेत्र ३ ख का जनताले प्रदेश सभा सदस्यका उमेदवार महम्द समिरलाई बिजय गराउन आतुर रहेकोछ ।

 

प्रदेश सभा सदस्य पदका उमेदवार महम्द समिरको लोकप्रीयाताको कारण क्षेत्र नम्बर ३ को ख मा प्रदेश सभा सदस्यमा समिरको बिजय सुनिश्चित रहेको छ ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य ज्वाहर आन्सारी रुसतम आन्सारी युवा नेता बिकि साह लगाए वडा नम्बर १९ का जनसमुदायहरुको उल्लेखनीय सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस